२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छः उपमहासचिव ज्ञवाली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक वर्तमान इतिहासको जगमा उभिने बताउनुभएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले नेकपा एमाले गौरवशाली इतिहासको जगमा उभिएको पार्टी भएको बताउनुभयो । नेकपा एमाले एउटा जीवन्त इतिहास बोकेको पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो ।

‘हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छ, हरेक भविष्यलाई कहीँ न कहीँ इतिहासले दिशानिर्देश गरिरहेको हुन्छ, इतिहास बिर्सियो भने न वर्तमानमा टेक्न सकिन्छ न भविष्यलाई नै सुरक्षित बनाउन सकिन्छ’, ज्ञवालीले भन्नुभयो ।

कहिलेकाहीँ मन अलमल र द्विविधा भएको बेला नेपालको कम्युनिष्ट पार्टीको इतिहास र अग्रले गरेको दुःख सम्झँदा अघि बढ्ने बाटो खुल्ने उहाँले बताउनुभयो । हिजो भूमिगत कालमा सेल्टरदाताहरूले आफ्नो ज्यानको समेत परवाह नगरी नेता र पार्टीलाई जोगाएका उहाँले स्पष्ट पार्नुभयो ।

दिनभरि ज्याला बनी गरेर कमाएर ल्याएकाले आफू भोकै बसेर कम्युनिष्ट पार्टीका नेताहरू पालेका उहाँले स्मरण गराउनुभयो । हाम्रो पार्टी जनताको आश्रयमा बजेको पार्टी हो, हाम्रो त्यो कैरवपूर्ण यात्रा अहिले सम्झँदा अहिले पनि आङ सिरिङ्ग गर्छ’, उहाँले भन्नुभयो ।

नाम ढाँटेर हिँड्नु पर्ने, कयौँ दिन वडामा बस्नु पर्ने, दिनभरि दिसा-पिसाब समेत नगरी बस्नु पर्ने नेताहरूको विगतको इतिहास भएको उहाँले बताउनुभयो । कतिपय रात बच्नकै लागि मसानघाटमा बिताउनु परेको नेताहरूको विगतको इतिहास भएको ज्ञवालीले स्पष्ट पार्नुभयो ।

स्वतन्त्र समाजमा जन्मिएकाले विततमा अग्रजहरूले कति दुःख हण्डर खाए भन्ने कुरा बुझ्नु पर्ने उहाँले बताउनुभयो । त्यो बुझियो भने यो व्यवस्था प्रतिको आस्था र विश्वास बढ्ने उहाँको धारणा छ ।

 




भर्खरै