२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक–विद्यार्थीको कोरोना बीमा



अ+ अ-

कर्णाली । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए । “विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ”, उनले भने, “यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ ।”

प्राचार्य खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको दाबी गरे ।