२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ-प्रकाशमान सिंह



अ+ अ-

ललितपुर। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीहरुको हित हुने बताउनुभएको छ ।

यल सितोरियो कराते डोद्वारा आज नेपाल कराते एकेडेमी सातदोबाटो ललितपुरमा आयोजित प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले राणाशासन र पञ्चायतकालमा जनताको छोराछोरीलाई मार्सल आर्टका खेल प्रतियोगितामा खेल्ने अवसर नभएको बताउनुभयो ।

“नेपालको खेलकुदमा नयाँ पुस्ताले लोकतान्त्रिक व्यवस्थामा भएको महत्वपूर्ण व्यवस्थालाई भुल्नुहुँदैन, लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीको हित भएको देखिन्छ, विसं २०४६ अगाडि मार्सल आर्टका खेल नेपाली सेना र प्रहरीले मात्रै खेल्न पाउथे, सर्वसाधारणले खेल्न पाउने अवसर नै थिएन, लोकतन्त्र आएपछि मात्रै खेलाडी र खेलकुदको विकासमा काम भएको हो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम स्रोत र साधनका बाबजुद पनि नेपाली खेलाडीहरुले विकसित मुलुकका खेलाडीसँग प्रतिस्पर्धा गरेर स्वर्ण पदक दिलाउन सकेको भन्दै खेलाडीहरुको प्रशंसा गर्नुभयो । “उहाँले स्रोतसाधनका साथ अवसर दिने हो भने नेपाली खेलाडीहरुले विश्वस्तरमा प्रतिस्पर्धा गरेर उत्कृष्ट स्थान हासिल गर्न सक्ने बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले यस्ता प्रतियोगिताहरुले खेल र खेलाडीहरुको सम्मान र प्रोत्साहन हुने भन्दै खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङले कराते खेल खेलाडीहरुको क्षमता बढाउने मात्रै नभई आत्मरक्षा गर्न सक्षम बनाउने खेल भएको बताउनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति एवं संविधानसभा सदस्य चन्द्र महर्जनले खेलकुदमा लाग्नेलाई समयसमयमा हुने प्रतियोगिताले क्षमतावान खेलाडी उत्पादन हुने भन्दै तीनै तहका सरकारले उचित नीति तथा कार्यक्रम बनाएर बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कवेलबहादुर लामाले खेलकुदको क्षेत्रमा लाग्नेलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान राख्न सक्ने खेलाडी उत्पादनका लागि सहयोग पु¥याउने अभिप्रायले यो र यस्ता प्रतियोगितालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो । सात वटा प्रदेश र तीन वटा विभागीय टिमको सहभागिता रहेको यो प्रतियोगिता वैशाख १३ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो । रासस