६ असार २०८३, शनिबार
,
Latest
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत शिक्षकहरूलाई शिक्षामन्त्रीले वार्तामा बोलाए



अ+ अ-

काठमाडौँ । नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पन्तले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बोलाएका हुन् ।

‘शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिकरुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट आह्वान गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ ।

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

यता, सर्वोच्च अदालतले शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गरी तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश जारी गरेको छ ।