६ असार २०८३, शनिबार
,
Latest
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद महतले यस्तो बताउनुभएको हो ।

उहाँले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरु सम्बोधन गरिनुपर्ने समेत बताउनु भयो । उहाँले विद्यालय शिक्षा ऐन टुंग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरुले सहजिकरण गरिदिनुपर्ने बताउनु भयो । उहाँले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने मागहरु पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरुलाई सम्झाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकका जायज र राज्यले थेग्नसक्ने हामीले विगतमा प्रतिवद्धता गरेका विषयहरुलाई चाँडोभन्दा चाँडो टुंग्याइदिनुपर्छ । सम्बोधन गर्नुपर्छ । र यो विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो संसदबाट पास गरेर कानूनी रुप दिनुपर्छ । शिक्षक साथिहरुले विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार छ त्यसमा सघाउनुपर्छ । केही समय विधेयक पारित गर्नको लागि लाग्छ ।

सरकारतर्फबाट वार्ता गरेर अहिले तत्का यी यी कुराहरु गर्न सकिन्छ, यी कुराहरु यसकारण गर्न सकिएन तपाईंहरुले पनि बुझिदिनुप¥यो भनेर समझदारी गरेर कार्यान्वयन गर्ने काम सरकारको तर्फबाट हुन्छ ।’

फरक प्रसङ्गमा बोल्दै सांसद महतले सरकारको ढल्ने कुरामा सत्यता नरहेको बताउनु भयो । सरकार बनेदेखि नै सरकार ढल्ने कुरा भइरहेकै कारण यस विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो ।