२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट चार वर्षीय बालकको मृत्यु



अ+ अ-

गुल्मी। जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उहाँका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो ।

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । “आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन् । बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो”, धुर्कोट–१ का वडाध्यक्ष चेतमान कुँवरले भन्नुभयो ।

आगलागीबाट ढुङ्गा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।