२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नइले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने



अ+ अ-

काठमाडौ ।  नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ ।

त्रिमूर्ति निकेतनका संयोजक प्रा.डा.महादेव अवस्थीको संयोजकत्वमा सम्पन्न हुने यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने भएको छ ।

नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सपूर्ण विश्वविद्यालयबाट कार्यपत्रहरू प्राप्त भैसकेका छन् । ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक उक्त ग्रन्थ आठ सय पृष्ठ जतिको हुनेछ । सम्मेलनको प्रथम सत्रमा नै कार्यपत्र समाविष्ट उक्त प्रलेख ग्रन्थको लोकार्पण गरिने कार्यक्रम रहेको छ ।

सम्मेलनका लागि सर्वश्री प्रा.डा.ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णराज घतानी, प्रा.खेमराज जोशी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.जङ्गब चौहान, डा.टेकबहादुर क्षत्री, प्रा.डा.ताराकान्त पाण्डेय, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, डा.रजनी ढकाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.सञ्जय रार्ई तथा डा.अरुणा रार्ई, डा.साधना पन्त ‘प्रतीक्षा’ र डा.हर्कबहादुर शाहीका कार्यपत्र रहेका छन् । साथै यस वृहत् ग्रन्थको समीक्षा प्रा.डा.महादेव अवस्थीले गर्नुभएको छ ।

स्मरण होस्– सन् १९१० मा लखनऊ विश्वविद्यालयमा भर्नाकुलर नेपाली पाठ्यक्रमबाट नेपाली भाषासाहित्यको पठनपाठनको आरम्भ भएकाे थियो ।