२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ-शरतसिंह भण्डारी



अ+ अ-

गौशाला। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संसारबाट आतङ्कवादलाई परास्त गर्न यसविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

आज गृह जिल्ला महोत्तरीको गौशालामा नेता कार्यकर्तासँग छलफलका क्रममा उहाँले हालै भारत, काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाले सबैलाई दुःखी तुल्याएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्ध उठाएको कदममा नेपालको पनि साथ रहने बताउनुभयो ।

मन्त्री भण्डारीले नेपालले विश्वशान्तिको पक्षमा रहेको भन्दै जुनसुकै नाममा हुने हिंसा स्वीकार्य नहुने बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता भण्डारीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने नीतिअनुसार पार्टी जनस्तरबाटै मिसन ८४ अभियानमा लागेको बताउनुभयो । रासस