२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रमाथि कारवाही होस: ठाकुर गैरे



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डाफणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै गैरेले उक्त विज्ञप्तिमा श्री ५ महाराजाधिराज भनेर उल्लेख भएको भन्दै संविधान र कानूनले मान्यता नदिएको वक्तव्य जारी गर्ने ज्ञानेन्द्र शाह र पाठकमाथि तत्काल कानून बमोजिम कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र भन्ने कहाँ छ ? यो लेख्न कसरी पाइन्छ । संसद र नागरिक सर्बोच्चताको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइदैन ।’, सांसद गैरेले भने, ‘यो लेख्ने फणिराज पाठक र लेख्न लगाउने ज्ञानेन्द्र शाहमाथि कानून बमोजिम कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

साथै, उनले तीनकुने घटनामा पूर्व राजालाई सरकारले जिम्मेवार बनाएर कारवाही गर्नुपर्ने बताए ।