२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीसँगको झडपपछि शिक्षक महासंघले बेलायो आकस्मिक बैठक



अ+ अ-

काठमाडौँ । आन्दोलनको क्रममा प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।

आईतबार नयाँ बानेश्वरमा आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो ।

दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बस्ने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने उनले बताए ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ जान खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षकहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोरा हानेको थियो । जवाफमा शिक्षकहरुले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।