२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्छः शरत सिंह भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताउनुभएको छ ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताउनु भयो । उहाँले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने रहेको बताउनु भयो । उहाँले मधेसी शक्तिहरुबीच विभाजनको खेल हुन नदिन आवश्यक रहेको बताउनु भयो । उहाँले मधेसवादी दलहरुको लक्ष्य एकीकृत हुने रहे पनि जनता समाजावादी पार्टी, नेपालमा सोही उद्देश्यले रहेको भएपनि राष्ट्रिय अध्यक्ष ९उपेन्द्र यादव० को हेपाइका कारण छोड्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा हामीले धेरैचोटि सहनुपरेको छ । बारम्बार धोका खाएका छौँ । तर हामी सबैको लक्ष्य मधेसी शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने हो । हाम्रो बीचमा कुनै किसिमको विभाजनको खेल नहोस् । जनता समाजवादी पार्टी, नेपालमा त्यसै उद्देश्यले लागेको भएपनि पार्टीका केन्द्रिय अध्यक्षले चोट मात्रै दिँदा पार्टी गठन गर्नुपरेको हो । यो सहजै बिर्सिने चोट होइन । यो सबको पछाडि पनि हामी आज यहाँसम्म आइपुगेका छौँ ।’

वरिष्ठ नेता भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीमा आन्दोलनबाट आएका धेरै नेताहरु भएको र महाधिवेशनबाट उनीहरुलाई कामको जिम्मेवारी दिनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।