२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै



अ+ अ-

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ आफ्नो लागि विशेष रहेको अभिनेता सौगात मल्लले बताउनुभएको छ । यही वैशाख २६ देखि सार्वजनिक प्रदर्शन हुने सो चलचित्रको प्रचारप्रसारका क्रममा अभिनेता मल्लले साहित्यकार राईले लेख्नुभएको कथा मन परेकाले रङ्गमञ्चमा धेरै पटक अभ्यास गरेको बताउनुभयो ।

“यो कथाको विभिन्न पात्रका बारेमा धेरै पटक कल्पना गरेको छु, खासमा मैले पहिल्यै यो कथा पढेको थिएँ । त्यतिबेला कथाको पात्रजस्तो हालत भयो भने के हुन्छ होला भन्ने लाग्थ्यो । असाध्यै मन परेपछि अभिनय गरेको यो चलचित्र कहिले चल्ला भनी पर्खी बसिरहेको छु”, अभिनेता मल्लले भन्नुभयो ।

उहाँले यो चलचित्रलाई लिएर सम्पूर्ण समूह नै उत्साहित रहेको बताउनुभयो । छायाङ्कनदेखि प्रदर्शन हुने समय नजिकिँदै गर्दा अर्का अभिनेता अनुपविक्रम शाही निकै उत्साहित रहेको अभिनेता मल्लले महसुस गर्नुभएको छ ।

“छायाङ्कनको समयमा हाम्रो बसाइ नजिकै थियो, रातभर अभिनेता शाहीले आफ्नो भूमिकाको अभ्यास गर्नुहुन्थ्यो । उहाँले यस्तो मेहनत यसअगाडि गरेको थाहापाएको छैन । यसकारण यो मेरा लागि मात्र नभई सबै कलाकारका लागि खास छ”, अभिनेता मल्लले भन्नुभयो ।

सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्रमा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको ‘पात्र’ यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु । यो मैले अभिनयका लागि सम्झिने चलचित्र बनेको छ ।”

चलचित्रमा अभिनेताद्वय मल्ल र शाहीसँगै अभिनेत्री गिताञ्जली थापा मुख्य भूमिकामा हुनुहुन्छ । निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार चलचित्र तयार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कथा पढेका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ । यसको पात्रलाई कलाकारले जीवन्त बनाउन गर्नुभएको मेहनतले म जस्तो नयाँ चलचित्रकर्मीलाई ऊर्जा मिलेको छ ।”

उक्त चलचित्र निर्माण गर्न करिब चार वर्ष लागेको निर्देशक लामाले जानकारी दिनुभयो । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गर्नुभएको छ ।




भर्खरै