२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय उपसमितिले बुझायो पोखरा क्षेत्रीय विमानस्थलको अध्ययन प्रतिवेदन



अ+ अ-

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थलको अध्ययन प्रतिवेदन संसदीय उपसमितिले प्रतिनिधि सभाको लेखा समितिलाई बुझाएको छ ।

सोमवार संसद भवन नयाँ बानेश्वरमा एक कार्यक्रमका बीच संसदीय उपसमितिका संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अध्ययन प्रतिवेदन लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाउनुभएको हो ।

गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन उपसमिति गठन गरेको थियो । लिङदेन नेतृत्वको उपसमितिमा सांसदहरू लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य हुनुहुन्थ्यो । प्रतिवेदन बुझ्दै समिति सभापति ऋषिकेश पोखरेलले उपसमितिको अध्ययन प्रतिवेदनलाई छिट्टै मुल समितिमा लैजाने बताउनु भयो । उहाँले मुल समितिमा छलफल गरी प्रतिवेदनको रायअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

प्रतिवेदन बुझाउँदै संसदीय उपसमितिका संयोजक लिङदेनले प्रतिवेदनमा क्षेत्रीय विमानस्थल निर्माणमा भएको अनियमितता र समस्याहरुको औंल्याउँदै ६ वटा निष्कर्षसहित प्रतिवेदन बनाइएको बताउनु भयो । उहाँकाअनुसार ३८ पृष्ठ लामो प्रतिवेदनमा मुलतः विमानस्थल निर्माण भएको अनियमितता र विमानस्थल नियमित सञ्चालनमा देखिएका समस्याहरु उल्लेख गरिएको छ ।
उहाँले भन्नुभयो, ‘प्रतिवेदनमा मुलतः हामीले ६ वटा निष्कर्षहरु निकालेका छौं । समग्र निष्कर्ष समितिको बैठकपछि बाहिर आउनेछन् । हामीले क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमितता र समस्याहरु समेत समावेश गरेर ३८ पृष्ठको प्रतिवेदन बनाएका छौं ।’

२४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।