२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरु एकजुट भएका छौँः संयोजक सुवेदी



अ+ अ-

काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताउनु भयो । उहाँले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गर्नुभयो । उहाँले राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्तिहरुले आआफ्नो ठाउँबाट लाग्न आह्वान गर्नुभयो । देशका लागि आवश्यक नभएकाले संघीयता खारेज गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मैले जहिले पनि बोल्दाखेरि पत्रकारहरु सोध्नुहुन्थ्यो तपाईहरु आपसमा मिल्नु भएको छैन, तपाईहरु टुटफुट हुनुहुन्छ । त्यसकारण तपाईहरु कसरी राजा धर्म फर्काएर ल्याउनुहुन्छ भनेर सोध्नु हुन्थ्यो । म जहिले पनि भन्थे हामी राजावादीहरु कहिले पनि टुटफुटमा छैनौँ । हामी आवश्यक पर्दाखेरि एक हुन्छौँ भनेको थिएँ त्यसको ज्वलन्त उदाहरण आजको यो समारोह भएको छ । यहाँ विभिन्न पार्टीका विभिन्न संस्थाका साथीहरु करिव हन्ड्रेड पर्सेन्ट साथीहरु यहाँ उपस्थित हुनुहुन्छ । त्यसकारण राजावादीहरु हिन्दुवादीहरु हिन्दु राष्ट्र बनाउने चाहनेहरु हामी सबै एक भएका छौँ । म छोटकरीमा तपाईंहरुलाई आग्रह गर्न चाहन्छु कि सबै जनाले आआफ्नो ठाउँबाट राजसंस्थाको पुनरस्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना, बहुदलीय प्रजातन्त्र र यो घाँडोको रुपमा रहेको संघीयता हटाउनका निम्ति हामी सबै एकजुट भएर लागौँ, एकजुट भएर उठौँ भन्ने मेरो यहाँहरु सबैसँग अनुरोध छ ।’

संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले आन्दोलनरत शिक्षकहरुको मागअनुसार तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने बताउनु भयो ।




भर्खरै