२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचआइभी सङ्क्रमितको गुनासोः औषधि अभाव र उपचारमा समस्या



अ+ अ-

धनुषा। एचआइभी सङ्क्रमितहरुले औषधि अभाव र उपचारमा समस्या हुने गरेको गुनासो गरेका छन् । ‘एचआइभी सङ्क्रमित व्यक्तिहरुको मानवअधिकार अवस्था विषयक नीति संवाद कार्यक्रम’ जनकपुरधाममा आज सम्पन्न कार्यक्रमहरुमा उनीहरुले आफूले भोगेका समस्याबारे गुनासो राखेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशद्वारा आयोजित उक्त कार्यक्रममा आयोगले तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी एचआईभी सङ्क्रमित अधिकांशले  अस्पतालमा औषधि अभाव र उपचार सेवामा समस्या भोगेको सुनाए ।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुघ्नप्रसाद सिंहले एचआईभी संक्रमितहरूको पीडा सुन्दा आफू दुःखी भएको र खुला सीमाका कारण समस्या थपिएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा चिकित्सकले बिरामीप्रति हेलचेक्र्याइँ गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले पहिलेको तुलनामा अहिले प्रादेशिक अस्पतालको सेवा सुधार भएको दाबी गर्नुभयो । अध्यक्ष बुद्धनारायण सहनीले एचआइभी सङ्क्रमण शरीर तथा समाजभित्र रहेको भए पनि अझै खुलेर आउन नसकेको बताउनुभयो । उहाँले सङ्क्रमित स्वेच्छिक रूपमा आफ्नो अवस्था सार्वजनिक गरेमा उपचार र परामर्श सेवा सजिलो हुने धारणा व्यक्त गर्नुभयो । रासस