२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’



अ+ अ-

कैलाली। मुक्तिको घोषणा गरे पनि मुक्त कमैया, कम्लरी र हलियाको न्यायोजित पुनर्स्थापनाका काम सम्पन्न नभएको भन्दै सुदूरपश्चिम प्रदेशसभा, सामाजिक विकास समितिको ध्यानाकर्षण गराइएको छ ।

आज मुक्त कमैया समाज, राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल, राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपाल र मुक्त कम्लरी विकास मञ्चका प्रतिनिधिहरूले संयुक्त रूपमा भेटेर समितिको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा समितिका सभापति धर्मराज पाठकले नेपाल सरकारले मुक्त घोषणा गरेको लामो समय भइसक्दा पनि पुनस्र्थापनाका काम सम्पन्न नभएकामा चिन्ता व्यक्त गर्दै अब प्रदेश सरकारले पनि यसमा पहलकदमी लिनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि समितिले प्रदेश सरकारलाई आवश्यक निर्देशन दिने उहाँले बताउनुभयो ।

“विसं २०५७ मा कमैया, त्यसपछि हलिया र कम्लरी मुक्तिको घोषणा गरेको पनि लामो समय भइसकेको छ तर हालसम्म उनीहरूका समस्या समाधान नहुनु हाम्रा लागिसमेत चिन्ताको विषय हो”, सभापति पाठकले भन्नुभयो,“अब पुनर्स्थापनाका काम सम्पन्न गर्न निश्चित समय तोकेर अगाडि बढ्न आवश्यक छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई आवश्यक निर्देशन दिनेछौँ ।”

यसअघि, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार अधिवक्ता बालाराम भट्टराईले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्दै परिवर्तनको अनुभूति गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले सम्मानित जीवनको आधार निर्माण गर्न सरकारले आवश्यक वातावरण सुनिश्चित गर्ने भन्दै तत्कालीन अवस्थामा आन्दोलनरत पक्षसँग भएका सहमति सङ्घीयता र गणतन्त्र आएको लामो समयसम्म पनि कार्यान्वयन नहुँदा थप अन्योल बढेको स्मरण गराउनुभयो ।

मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरीले नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसलाई प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।

मुक्त कम्लरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले मुक्त कम्लरीहरूलाई दीर्घकालीन प्रकृतिको जीवनोपयोगी सीप तालिम र उच्च तहसम्म व्यावसायिक शिक्षाको निशुल्क प्रबन्धका लागि आग्रह गर्नुभयो । रासस




भर्खरै