२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएको मे महिनामा हुने महाधिवेशनमा मेरो संलग्नता छैन : संस्थापक अध्यक्ष उपेन्द्र महतो



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले मे महिनामा एनआरएनएको एकता महाधिवेशन हुन नसक्ने बताएका छन् । उनले मे मा हुने भनिएको महाधिवेशनमा आफ्नो कुनै संलग्नता नरहेकोसमेत बताएका छन् ।

महतोले हिजो साँझ विज्ञप्ति जारी गर्दै मे महिनामा तोकिएको अधिवेशन महाधिवेशन हुन नसक्ने भएकाले त्यस महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका हुन् ।

‘सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चिरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु। यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन् ।