२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टसले उपाधिका लागि कुर्नुपर्ने



अ+ अ-

युडिनेजी । युभेन्टसले बिहीबार इटालीको 'सिरी ए' मा युडिनेजीको हातबाट २–१ को हार बेहोरेको छ । युडिनेजीका लागि सेको फोफानाले इन्ज्युरी समयमा गोल गरेपछि युभेन्टसले लगातार नवौं पल्ट लिग जित्नका लागि अझै कुर्नु पर्ने भएको छ । लिगमा तीन चरणको खेल बाँकी छँदा उपाधि सुनिश्चित गर्न युभेन्टसलाई यो खेल जित्नु पर्ने थियो । 

खेलमा युभेन्ट्सले म्याथिस डे लिग्टको गोलले अग्रता लिएपनि इलिजा नोस्टोरोभ्स्कीले बराबरी गोल फर्काए । फोफानाले व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै निर्णायक गोल गरे । पछिल्ला पाँच खेलमध्ये एकै खेलमा मात्र विजयी युभेन्टसले यो सिजन १८ अंक गुमाइसकेको छ । उसको ८० अंक छ र शीर्ष स्थानमा छ ।

त्यसयता एटलान्टा ७४ मा दोस्रो र इन्टर मिलान ७३ अंकमा तेस्रो स्थानमा छ । चौथौ स्थानमा रहेको लाजियोले अर्को खेलमा कागलिरीलाई २–१ ले हरायो र १३ वर्षपछि पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भयो । लाजियो पाँच खेलयता विजयी रहेको हो । उसको ७२ अंक भएको छ ।