२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमीक आयोग बनाउनुपर्नेमा नेता कोईरालाको जोड



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले श्रमीक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

बिहीवार ललितपुरमा नेपाल टे«ड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले श्रमीकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमीकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली काँग्रेस गम्भीर रहेको बताउनु भयो । उहाँले होटलमा कार्यरत श्रमीकहरुले १० प्रतिशतको कुरा गर्नुभएको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली काँग्रेसले कानून बनाउन अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताउनु भयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘हामीले केही हाँसिल गरेनौँ भन्नेकुरा होइन, हामीले हाँसिल गरेका छौँ । तपाईंहरुकै अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा, तपाईंहरुको प्रयासले धेरै पहिलादखि ०५१२/०५२ सालदेखिकै प्रयासले यो अहिले सफल भएको छ । अझ यसमा अनौपचारिक क्षेत्रलाई हामीले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्नेकुरा चुनौतिको विषय भएको छ । यसलाई हामीले अझ गम्भीर रुपमा लिएर अगाडि जानुछ । मैले त धेरै प्रयास गरेँ । नेपाली काँग्रेसले पनि धेरै प्रयास ग¥यो । तर हामीले अझ पनि श्रमीक आयोग बनाउन सकेका छैनौँ । यसको लागि नेपाली काँग्रेस सधैँ तयार रही रहन्छ । साथीहरु होटलमा कार्यरत श्रमीकहरुले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरुले धेरै ठूलो कुरा माग गर्नुभएको छैन । कानून बनाएर यसलाई अगाडि बढाऔँ भनेर सुप्रिम कोर्टले पनि भनेको छ । त्यसलाई नेपाली काँग्रेसले कानून बनाउन अघि बढ्छ । अहिले विश्वकै परिस्थिति अत्यन्त नाजुक भएर गएको छ । एकातिर ट्रेड वार भइरहेको छ, विश्वका ठूला दुई आर्थिक समृद्ध भएका देशहरुको बीचमा व्यापार युद्ध चलिरहेको छ । त्यसले नेपालाई पनि असर गर्दछ । भन्नेकुरा हामलिे बुझेका छौँ ।’

सांसद कोईरालाले श्रमीकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२/०६३ को आन्दोलन सफल हुन नसक्ने बताउनु भयो ।




भर्खरै