२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२ औँ पुष्पलाल स्मृति दिवसमा उपेन्द्रले श्रद्धाञ्जली दिँदै भने, ‘अहिलेका कम्युनिस्ट कमाउनिस्ट भए’



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट अहिलेका कमाउनिस्ट भएको आरोप लगाएका छन् । आज नेकपाका संस्थापक नेता पुष्पलाल स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै उनले पुष्पलालले राजनीतिलाई जालझेलको रूपमा नलिइ सिद्धान्त, संगठन र संघर्षले निर्देशित जनताको मुक्तिको यात्राको रूपमा लिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘जनता चेतनशील हुनैपर्छ । कार्यकर्ता संगठित हुनैपर्छ । क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन । मर्नु अघि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालले यो सन्देश दिनु भएको हो ।’

पुष्पलालको त्याग, सादगीपूर्ण जीवन, संघर्ष र सिद्धान्तप्रतिको निष्ठाबाट अहिलेका कम्युनिस्ट नामका कमाउनिष्ठ, भ्रष्ट, सिद्धान्तविहीन र नश्लवादी संकीर्ण चिन्तन भएका नेताहरुले सिक्न सकेको भए देश र जनताको अवस्था बेहाल हुनक्दैन्थ्यो भन्दै यादवले अहिलेका कम्युनिस्ट राजनीति भ्रष्टाचार गर्ने र राज्यको ढुकुटी हजम गर्ने तर्फ आकर्षित एवम् उन्मुख हुने भएको आरोप लगाएका हुन् ।