२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रश्नः सरकार गठनको १० महिना भइसक्यो जिबी राईलाई पक्राउ गरेर कहिले नेपाल ल्याइन्छ ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ?भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उहाँको आरोप छ । उहाँले सांसद पराजुलीले रास्वपाले सहकारी पीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाइकै पार्टीले सरकार सञ्चालन गरेको दश महिना पूरा भइसक्यो । गितेन्द्रबाबु९जिबी० राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ?जनताले प्रश्न सोध्ने गरेका छन् । बाहिर आएअनुसार १६ अर्बमध्ये ७ अर्ब मात्र जिबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो । ९ अर्बको भागेदार को को हुन् भन्ने तथ्यको उजागर हुने हुँँदा जिबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दैछन् नि । के त्यस्तै हो ? रास्वपाले सहकारीका समस्या समाधान गर्न आवाज मात्र उठाएको छैन । सहकारी पीडितको रकम नै फिर्ता गर्न सरकारलाई अघिललो वर्ष सुझाव नै पेस गरेको छ ।’

सहकारी ठगीमा संलग्न पीडकलाई कानूनी कठघरामा उभ्याउँदै पीडितहरुको वचत रकम फिर्ता गर्न सांसद पराजुलीले चेतावनीसहित सरकारको ध्यानाकर्षण गराउनु भयो ।




भर्खरै