२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनएलाई ऊर्जामन्त्री खड्काको आग्रह



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ ।

मन्त्री खड्काले आज ऊर्जा मन्त्रालयमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठसहितको टोलीलाई बधाई तथा शुभकामना दिँदै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

श्रेष्ठ वैशाख २० गते काठमाडौँमा भएको एनआरएनए महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रबाट मुलुकको विकास सम्भव भएकाले विश्वभर रहेका एनआरएनएलाई समेटेर नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई एनआरएनएलाई एकताबद्ध बनाएर अगाडि बढाउन सुझावसमेत दिनुभयो ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनए तयार रहेको र त्यसका लागि आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । सरकारले राम्रो आयोजना दिए आफूहरू लगानी गर्न तयार रहेको उहाँको भनाइ थियो । रासस




भर्खरै