२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस इटालीको सिरी ए उपाधि नजिक



अ+ अ-

मिलान । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले सोमबार लाजियोलाई २–१ ले हराएको छ । यो जितसँगै युभेन्टस इटालीको सिरी ए उपाधि नजिक पुगेको छ । युभेन्टस लगातार नवौं उपाधिको संघारमा छ ।

रोनाल्डोले ५१ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे र त्यसको तीन मिनेटपछि दोस्रो गोल पनि थपे । लाजियोका लागि काएरो इमोबाइलले एक गोल फर्काए ।

इमोबाइल र रोनाल्डो दुवैको लिगमा ३०/३० गोल पुगेको छ । युभेन्टसको ८० अंक भएको छ र यो इन्टर मिलानमाथि आठ अंकको अग्रता हो । लिगमा चार चरणका खेल हुन बाँकी छ ।