२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित, दोस्रो चरणको मतदानमा जित



अ+ अ-

एजेन्सी । फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख ९चान्सलर०को रूपमा निर्वाचित हुनुभएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा उहाँले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन हुनुभएको हो। यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उहाँले अपेक्षित मत नपाई पराजय व्यहोर्नुभएको थियो।

पहिलो चरणमा उहाँले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गर्नुभएको थियो। दोस्रो चरणमा भने उहाँले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित हुनुभयो।

उनन्सत्तरी वर्षको उमेरमा यो पद सम्हाल्नु भएका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गर्नुभएको थिएन ।उहाँ न संघीय मन्त्री हुनुहुन्थ्यो, न राज्य प्रमुख, न त सानो नगरपालिकाको प्रमुख ९मेयर० नै। कोनराड एडेनाउरपछि उहाँ यस्ता सबैभन्दा ज्येष्ठ व्यक्ति हुनुहुन्छ, जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हाल्नुभएको हो।

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै, युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गर्नुभएको छ। जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो।

नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

यसैबीच, संसदमा प्रमुख विपक्षी शक्तिका रूपमा रहेको ‘वैकल्पिक जर्मनीका लागि’ नामक दलले प्रारम्भिक नतिजालाई लिएर आलोचना गरे पनि निर्वाचन प्रक्रियाको मर्यादा र लोकतान्त्रिक परम्पराको सम्मान कायम गरिएको देखिएको छ।