२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन



अ+ अ-

काठमाडौं। भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ ।

समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका छन् । ‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए ।’ यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाहीको संज्ञा दिएका छन् ।

खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेपाल सरकारसँग पनि समर्थन जनाउन माग गरेका छन् । ‘आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा छैन — यो सम्पूर्ण मानव जातिका लागि खतरा हो ।’ उनले भनेका छन् ।

नेपाल–भारत खुला सीमा संवाद समूह आतंकवादविरुद्ध भारतको यस स्पष्ट र निर्णायक कदमको प्रशंसा गर्दै सम्पूर्ण दक्षिण एशिया शान्ति, स्थायित्व र सुरक्षा तर्फ अग्रसर हुने आशा गरेका छन् ।