२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिबद्धता देखाएन: नेता केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिवद्धता नदेखाएको भन्दै आलोचना गर्नुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जेन जी पुस्ता (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवती) को समस्यालाई सम्बोधन गर्न सरकारले ठोस योजना नल्याएको बताउनु भयो । उहाँले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएको र दैनिक तीनदेखि ५ वटासम्म शवहरू नेपाल फर्किने गरेको बताउनु भयो । उहाँले यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न नसकिने जिकिर गर्नुभयो । उहाँले जेन पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि लागूपदार्थ दुव्र्यसनी, चिन्ता र आत्महत्याजस्ता समस्याबाट पीडित भएको उल्लेख गर्दै यस्ता मुद्दालाई राष्ट्रिय सामाजिक आन्दोलनका रूपमा विकास गर्न सरकारले ध्यान नदिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, “जेन जी पुस्ता भनेको सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरू, जसको उमेर १३ देखि २८ वर्षसम्मका युवायुवतीहरूलाई प्रतिनिधित्व गर्छ । यसलाई सम्बोधन गर्न जुन खालको महत्वपूर्ण प्रतिवद्धता हुनुपर्ने थियो, त्यो छैन । अहिले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएका छन् । दैनिक तीनदेखि ५ वटासम्म मृत शवहरू नेपाल फर्किएका छन् । यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न सकिँदैन । जेन पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि आइसकेको छ । लागूपदार्थ दुव्र्यसनी, चिन्ता, आत्महत्याबाट पीडित छन् । तिनीहरूलाई राष्ट्रले एउटा सामाजिक आन्दोलन रूपमा कसरी विकास गर्न सकिन्छ त्यतातर्फ ध्यान दिएको देखिँदैन ।”

उहाँले युवा पुस्ताको भविष्य सुनिश्चित गर्न ठोस नीति र प्रतिबद्धता आवश्यक रहेको जिकिर गर्नुभयो ।




भर्खरै