१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने १३ वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौं । आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् ।  

महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको हो । महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो । अभियुक्तले २ लाख ५० हजार फिरौती मागेका थिए  । पछि २ लाखमा कुरा मिलेको थियो । यद्यपी अभियुक्त आफैले फिरौतीबाफतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको उहाँले बताउनुभयो । 

शव व्यवस्थापनपछि छट मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उहाँले बताउनुभयो । घटनामा संलग्न धादिङका विष्ण्ुा सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो । वि.स. २०६४ साल असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए । शव ३ दिनपछि मात्रै फेला परेको थियो ।