१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता नेपाल र खनाललाई प्रचण्डको ब्रिफिङ : ‘मैले कुनै सहमति गरेको छैन’



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्।

सहमति भएको चर्चासँगै आइतबार बिहान छलफलका लागि खुमलटार पुगेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले वालुवाटारमा कुनै सहमति नभएको बताएका हुन् । सहमति नभएको विषयलाई सहमति भएको भनेर प्रचार गरिएको समेत उनले बताएका थिए।

बैठकमा प्रचण्ड-नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए।