१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । 

योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

भारतमा आइतबारसम्म निकोभई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् ९आईसीएमआर० का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।