२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल एफए कपको फाइनलमा



अ+ अ-

म्यान्चेस्टर सिटीलाई स्तब्ध बनाउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ । सिटीलाई २–० गोलअन्तरले पराजित गर्दै आर्सनल कीर्तिमानी २१ पटक यस प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्सनलले हालसम्म यो प्रतियोगिता सर्वाधिक १३ पटक जितेको छ ।

खेलमा पिएरे एमरिक आउबामियाङ नायक बने । आर्सनलका लागि दुवै गोल उनले गरे । खेलको १९ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका आउबामियाङले ७१ औँ मिनेटमा अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे ।

खेलको दोस्रो हाफमा सिटीले खेलमा नियन्त्रण बनाए पनि गोलका लागि थुपै अवसरहरु गुमाउन पुगेको थियो । सिटी घरेलु कप प्रतियोगिताबाट बाहिरिएको सन् २०१८ पछि पहिलो पटक हो ।

यता, आर्सनलले पछिल्ला ६ पटक साबिक विजेता टोलीलाई प्रतियोगितामा हराउँदै आइरहेको छ । अब आर्सनलले फाइनलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग अगस्त १ मा हुने फाइनलमा भिड्नेछ ।