१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा केही दिन निरन्तर…



अ+ अ-

काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । साउन ४ देखि ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार दिन मनसुन तीव्र रूपमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण वर्षापछि हुने सम्भावित प्राकृतिक विपत्तिविरुद्ध तयारी थाल्न जल तथा मौसम विज्ञान विभागले सरोकारवालालाई अनुरोध गरेको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठका अनुसार आगामी चार दिन देशका धेरैजसो स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।

वर्षाका कारण विभिन्न भेगमा बाढी तथा पहिरोको उच्च जोखिम रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । साउन ५ देखि ८ गतेसम्म प्रदेश–१, २, बाग्मती र गण्डकी प्रदेशका कन्काई तमोर, सुनकोसी, सप्तकोसी, कमला, वाग्मती, लालबकैया, बूढीगण्डकी, सेतीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी तथा यी नदीका सहायक नदीको जल सतह बढेर केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको जलविज्ञ सुनील पोखरेलले बताए। प्रदेश ५ र सुदूरपश्चिम प्रदेशतर्फ मध्य पहाडी, चुरे र तराईबाट बहने एक÷दुई नदीनालामा आकस्मिक बहाव हुने सम्भावना छ ।