१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठकलगत्तै ओली प्रचण्ड शीतल निवासमा ! साथमा विष्णु पौडेल र जनार्दन शर्मा



अ+ अ-

काठमाडौं । आज बालुवाटारमा सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । उनीहरुसँग साथमा दुई नेता विष्णु पौडेल र जनार्दन शर्मा पनि रहेको बताइएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज करिब साढे ४ घण्टासम्म सचिवलाय बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा नै महाधिवेशन गर्ने, त्यसपछि आफू नउठ्ने र पार्टी अध्यक्ष पद सहजै हस्तान्तरण गर्ने भनेपछि यो नयाँ प्रस्तावमा कुराकानी भएको बताइएको थियो । त्यो बैठकमा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई लिखित प्रतिबद्धता मागेका थिए । त्यस विषयमा एक, दुई दिनमा छलफल गरी टुंग्याउने कुरा भएपछि आजको बैठक सकिएको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेका र उहाँको केही पछि अध्यक्ष अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेका थिए ।  

समाचार स्रोतले भन्यो उनीहरुका साथमा महासचिव विष्णु पौडेल र अर्का नेता जनार्दन शर्मा पनि रहेको समाचार स्रोतले बतायो ।
उता प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि जारी बैठकमा पार्टीको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । उनले भोलि ३ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक बस्ने पनि जानकारी दिए ।

सहमतिका आधारमा आगामी मंसिरमा महाधिवेशन गर्ने बारेमा कुराकानी भएपछि आजको बैठक सकिएको र त्यसलगत्तै दुवै अध्यक्ष शीतल निवास पुगेकोले यसलाई महत्वका साथ लिइएको चर्चा चलेको छ ।