१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक प्रवक्ता पौडेलकाे कार्यभार शुरू



अ+ अ-

काठमाडाैंः नेपाली सेनाका सहायक रथी बिज्ञानदेव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई शुक्रबार हस्तान्तरण गर्नु भएको छ ।

२०७५ चैत्र २९ गतेबाट सैनिक प्रवक्ताको कार्यभार सम्हाल्नु भएका सहायक रथी बिज्ञान देव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता तथा सूचना अधिकारीको आफ्नो कार्यकालमा सहयोगी भूमिका निभाउनु हुने समस्त आम सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकार तथा संवाददाताहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ ।

साथै वहाँले राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले नेपाली सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न सहयोग प्राप्त भएकोमा सम्पूर्ण प्रेस जगतलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।