१८ असार २०८३, बिहीबार
,
Latest
शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै छुराप्रहार



अ+ अ-

विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । शुक्रबार पटके कर संकलन गर्ने विषयमा विवाद हुँदा  कार्कीलाई कार्यकक्षमै छुरा प्रहार गरिएको हो ।

 छुरा प्रहारबाट कार्कीको टाउकोमा चोट लागेको छ । छुरा प्रहार गरेको आरोपमा केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए ।  

ठकुरीले गउँपालिकाको कार्यालयको सुरक्षार्थ खटिएका गार्डले बोकेको खुकुरी समेत खोसेर लगेका थिए । प्रहरीले ठकुरीलाई छुरा र खुकुरीसहित नियन्त्रणमा लिएको छ ।