१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोर भनेर टोलवासीले पिट्दा काठमाडौंमा एकजनाको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका–५ गोलढुङ्गामा गएराती स्थानीय बासिन्दाको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

स्थानीय बासिन्दाको कुटाइबाट रसुवा घर भई हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङको मृत्यु भएको छ भने रसुवाकै दोर्जे तामाङ सामान्य घाइते भएका छन् । घाइते तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप सोधपुछ गरिरहेको छ । अधिक रक्तश्रावको कारण छिरिङ तामाङको मृत्यु भएको प्रहरीले आशंका गरेको छ।

प्रहरीका अनुसार, उनीहरु रक्सी खाएर चोरी गर्न गाउँ छिरेको भन्दै स्थानिय बासिन्दाले कुटपिट गरेका थिए।  उनीहरु चोरी गर्ने नियतले वा अन्य केही कारण गोलढुङ्गा पुगेका थिए भन्ने बारेमा प्रहरीले छानबिन शुरु गरेको छ।

बिहीबार राती भएको त्यस घटनाबारे शुक्रबार बिहान मात्र प्रहरीलाई स्थानीयले खबर गरेको महानगरीय प्रहरी वृत्त बालाजुले दाबी गरेको छ।  वृत्तका प्रमुख डीएसपी रन्जित सिंह राठौरले घटनाको बारेमा जानकारी पाए लगत्तै बालाजु वृत्तको प्रहरी घटनास्थल पुगेको जानकारी दिए ।