१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक प्रवक्तामा पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हाल्नुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उहाँले जिम्मेवारी सम्हाल्नुभएको हो । 

विभिन्न मिडियाका रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उहाँले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्न जोड दिनुभयो ।  

उहाँले भन्नुभयो, “जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छौ, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई  समानान्तररुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो ।” यसअघि  उहाँ जङ्गी अड्डास्थित १५ नं बाहिनी र आपूर्र्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यसअघिका प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे हुनुहुन्थ्यो । उहाँ करिव १५ महिनाको प्रवक्ताको जिम्मेवारी पूरा गरी सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्न जाँदै हुनुहुन्छ । भेटघाटमा उहाँले सेना र प्रेसजगत् कार्य प्रकृतिका हिसाबले दुई भिन्न क्षेत्र भए पनि अखण्ड, समृद्ध, शान्त राष्ट्र नेपाल निर्माणमा दुवैको भूमिका र जिम्मेवारी उच्च र अन्योन्याश्रित छ भन्नुभयो ।
    
सहायक रथी पाण्डेले उहाँले भन्नुभयो, “आम जनतालाई सुसूचित पार्दै समृद्ध समाज निर्माणका लागि खबरदारी गर्ने प्रेसजगत् तथा जनता र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने सेनाबीच कार्य प्रकृतिका हिसाबले भिन्न मान्यता रहे पनि राष्ट्रिय स्वार्थ र राष्ट्रियहित दुवै निकायको सर्वोपरी लक्ष्य हो ।”