२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्न तछाडमछाड



अ+ अ-

एजेन्सी । दशकौँ यताको सबैभन्दा खराब लडाईंबाट मुक्त हुन भारत प्रशासित काश्मिरको जम्मुबाट मानिसहरूलाई बाहिर जान नियमित रेल सेवालाई असम्भव भएपछि त्यहाँ पुगेका विशेष रेल चढ्नका लागि शनिबार सेवाग्राहीबीच भीड लागेको थियो ।

मध्य र पूर्वी भारतका अधिकांश गरीब मजदुरहरूले रेल तथा बसमा चढ्दै गरेका यात्रुहरूबीच पेलापेल हुँदा उनीहरू आपसमा झगडा गर्दै यातायातका साधनमा चढेका तस्बीरहरू सार्वजनिक भएका छन् । उनीहरूको विवादलाई मिलाउन प्रहरीहरूले दिनभर सिट्ठी फुक्दै लाठी चार्जसमेत गर्नुपरेको थियो ।

सङ्घीय सरकारले पठाएको यो रेलले ती भाग्यमानीहरूलाई जम्मुबाट करिब ६०० किलोमिटर दक्षिणमा रहेको भारतको राजधानी नयाँ दिल्लीसम्म निःशुल्क सेवा दिएको थियो ।
त्यसको केही घण्टापछि दुवै देशका अधिकारीहरूले पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् ।

दुई दशकदेखि जम्मु नजिकैको अखनूरमा मिस्त्रीको काम गर्दै आएका मध्य भारतको छत्तीसगढका ४१ वर्षीय करण वर्मा युद्धको आतङ्क नभएको भए कुनै पनि हालतमा बाहिर जान चाहनुहुन्नथ्यो ।

उहाँले भन्नुभयो, “रातभरि ठूलो आवाजमा विष्फोट हुने गरेको छ । त्यहाँबाट जानुको विकल्प छैन।”

कोही–कोही मानिसहरूले बच्चा र साना केटाकेटीहरूलाई उठाएर परिवारका सदस्यहरूलाई झ्यालबाट भित्र फ्याँकिदिएका देखिन्थ्यो । भीडलाई हराउन र चढ्न सफल भएकोमा उनीहरूले ठूलै युद्ध जितेको जस्तो खुशी देखिन्थे ।

मध्य प्रदेश राज्यका ४३ वर्षीय सुरेश कुमारले आफ्नो भाइलाई अर्को यात्रुसँगको झगडाबाट टाढा तान्दै भन्नुभयो, “छोडिदेउ, अझै धेरै रेलहरू हुनुपर्छ।”

निशा देवी, उनका तीन छोराछोरी र उनका पतिले आफ्नो गृह प्रान्त सुदूर पूर्वी राज्य बिहार फर्कन रेलमा ठाउँ पाएनन्।

“यदि यो बच्चाहरूसँग म त्यो रेलमा चढेको भए मृत्युको पासोमा चढेजस्तै हुने थियो,” उहाँले रेलमा भएको भीडको दुदर्शालाई केही घुमाउरो तरिकाले व्याख्या गर्दै भन्नुभयो ।

– नागरिक मृत्यु –

भारत प्रशासित काश्मिरमा गत महिना भएको आक्रमणमा २६ जना पर्यटकको मृत्यु भएको थियो, जसमा अधिकांश हिन्दू पुरुष थिए ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएयता मुस्लिम बहुलरहेको काश्मिरमा आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी (भारत र पाकिस्तान)ले धेरै युद्ध लडेका छन् ।

काश्मिरमा हुने अशान्तिका लागि भारतले पाकिस्तानस्थित लश्कर–ए–तैयबामाथि दोषरोपण गर्ने गरेको छ । संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको लश्कर–ए–तैयबामाथिको आरोपमा इस्लामाबादले पाकिस्तानको संलग्नता अस्वीकार गर्दै आएको छ ।

यो द्वन्द्व युद्धमा परिणत हुने डरका बीच ६० जनाभन्दा बढी सर्वसाधारण मारिएका छन् ।

विशेष रेल जम्मुबाट छुट्ने तयारीमा रहेको बेला टेकलाल पद्मानी लाला एउटा डिब्बाको प्रवेशद्वारमा बारमा टाँसिएर भन्नुभयो, “आवश्यक प¥यो भने म दिल्लीसम्म यसरी नै जानेछु ।”