१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाकाे सैनिक आचारसंहिता सप्ताह शुरू



अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे भद्रकालीस्थित जंगी अड्डामा साउन १ गतेदेखि दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७ शुरु भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुभारम्भ गर्नुभएको उक्त कार्यक्रम साउन ८ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्यले नेपाली सेनामा वार्षिक कार्यक्रमको रुपमा आचारसंहिता सप्ताह सञ्चालन गर्न शुरु गरिएको उल्लेख गर्नुभयो ।

साथै उहाँले संगठन सुधारक लागि कार्यरत सबै सकल दर्जामा सैनिक मूल्यमान्यता अटल देशभक्ति निस्वार्थ सेवाभाव अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको हुनुपर्ने उल्लेख गर्दै आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनाेपयोगी मार्गदर्शन भएको बताउनुभयो ।

सोही अवसरमा प्रधानसेनापति थापाले पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएकोले नेपाली सेनामा आचारसंहिता सम्बन्धी विषयमा हरेक व्यक्तिले हरेक दिन विशेष जोड दिनुपर्ने भनि निर्देशन दिनुभएकाे नेपाली सेनाले जनाएकाे छ ।

आचारसंहिता सप्ताह नेपाली सेनामा कार्यरत सकल दर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र गर्न नहुने कार्यहरुका बारेमा सुसूचित गराउँदै एक अनुशासित आचरणयुक्त र जिम्मेवार सैनिक व्यक्तिका रुपमा विकास गर्नका लागि नेपाली सेनाको सबै अंगको सबै तहमा सञ्चालन गरिएको छ ।

सो क्रममा सैनिक आचारसंहिता मिडिया नीति सामाजिक सञ्जालको प्रयोग,मानवीय आचरण,भर्ना छनौट सम्बन्धी,आर्थिक कारोवार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी,प्रवचन जस्ता विधिहरुबाट कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

नेपाली सेनाले २०७६ सालमा पनि वैशाख ६ गतेदेखि १३ गतेसम्म पहिलो पटक नेपाली सैनिक आचारसंहिता सप्ताह कार्यक्रम आयोजना गरेको थियो ।

साथै हरेक तहमा कार्यरत सैनिक सकलदर्जाले पालना गर्नुपर्ने सैनिक आचारसंहिता र आफ्नो जीवनमा अपनाउनुपर्ने मानवीय आचरणयुक्त पद्धतीहरुबारे जानकारी दिने उद्देश्यसहित नेपाली सैनिक आचारसंहिता संग्रह २०७६ समेत प्रकाशन गरी वितरण गरिएको थियो ।

कोभिड १९ को महामारीबीच सबै किसिमका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी आचारसंहिता सप्ताह संचालन हुँदैछ ।

नेपाली सेनाको सबै फर्मेशन युनिट तथा सब युनिटहरुमा लाइभ मल्टिकास्ट गरिएको उक्त कार्यक्रममा पिएसओज् रथीवृन्द, अधिकृत वर्ग तथा सकलदर्जाको उपस्थिति रहेको सेनाले जनाएकाे छ ।