१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १६७ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बिहीबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) का १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ सय ६७ जना नयाँ संक्रमित थपिँदा २ सय १३ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । 

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९ सय १५ र बागमती प्रदेशमा ४ सय २८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८ कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत रहेका छन् । 

बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।