१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी कोषद्धारा बाढी–पहिरो प्रभावितहरुलाई राहत सामग्री वितरण



अ+ अ-

काठमाडौं । हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढी–पहिरोसहितका विपदका प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ ।

हिमानी शाह नेतृत्वको कोषले बिहीबार विशेष कार्यक्रम गरी सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान वितरण गरेको हो ।   शाहले राहत सामग्री सम्बन्धी संस्था या समुदायका प्रतितिनिधलाई हस्तान्तरण गर्नुभयो । 
 
हिमानी कोषले छाउनीमा रहेको पञ्चकन्या स्कूलका विद्यार्थी, चितवनको चेपाङ्ग बस्ती, काठमाडौँका विभिन्न आश्रय गृहमा रहेका बालबालिकाका लागि खाद्यान्नसहितका सामग्री प्रदान गरेको हो ।

यस्तै कोषले डिस्इन्फेक्सन स्प्रे, पीपीई, वाटर फिल्टर, झुल, जीवनजल, साबुन, बालबालिकाका लागि लिटोसहितका सामग्री पनि बितरण गरेको छ । 
राहत वितरण कार्यक्रममा पूर्ब  अधिराजकुमारी प्रेरणा  शाह, शीतास्मा शाह, कोषकी सदस्य सचिव रेशमा राना, बोर्ड सदस्य डा। अपर्ना शाहसहितको उपस्थिति थियो ।

कार्यक्रममा  हिमानी शाहले सरकारले मानसिक स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो  । उहाले कुनै पनि प्रकारको मनोसामाजिक समस्यादेखिएमा मनोविमर्शकर्ताको सहयोग लिन नहिचकिचाउन आग्रह गर्दे पछिल्लो समय देशभर आत्महत्याका घटनाहरु बढेको सुनिएको भन्दै उनले मनोसामाजिक स्वास्थ्यलाई ख्याल गर्नु पर्नेमा जोड दिनुभयो ।