१८ असार २०८३, बिहीबार
,
Latest
शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुहिएको चामल दिएको आरोप



अ+ अ-

दैलेख । नारायण नगरपालिका वडा नंं. ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका छन् ।     केही वडामा बाडिएपनि नगरपालिकाको वडा नं ४ मा ५५५ घरधुरीलाई वितरण गर्ने भनेर लगेको २१३ बोरा चामलमध्ये केही कुहिएको परेको भन्दै स्थानीयले आन्दोलन गरेको डिलकुमारी कटुवालले जानकारी दिनुभयो । 

नगरपालिका दैलेखको गोदाममा दुई महिनादेखि उक्त चामल थन्किएको थियो । जनतालाई समयमा प्रदान गर्नुपर्ने राहत वितरण नगरिनु वडा र नारायण नगरपालिकाको लापरवाही भएको हस्तबहादुर खड्काले बताउनुभयो । अध्यक्ष वीरबहादुर कटुवालले आफू वडामा नभएका बेलामा कर्मचारीले चामल वितरण गरेको जानकारी दिँदै जनताको राहतका लागि वितरण गरिएको र केही समस्या भए तत्काल सच्याउन आफूले कर्मचारीलाई निर्देशन दिएको बताउनुभयो । 

नगरपालिकाको टेन्डर प्रक्रियामार्फत खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि कर्मचारीले सोही चामल वितरण गरेको अध्यक्षले बताउनुभएको छ । वडा सचिव चक्रबहादुर कटुवालले आफूले कुहिएको चामल नदेखेको, केही स्थानीयले रिसिबीका कारण सामान्य मक्किएको एक÷दुई बोरा चामल सडकमा छरेर अनावश्यक टीकाटिप्पणी गरेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखबाट बुधबार गएको टोलीले परीक्षणका लागि तीन बोरा चामलको नमूना लगेको छ ।