१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाबुवा स्याहार्नेलाई अब पुरस्कार



अ+ अ-

टीकापुर । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो । 

समितिका अध्यक्ष मोहनबहादुर रावलले आमाबुवाको स्याहार तथा हेरचाह गर्ने सन्तानलाई सम्मान तथा पुरस्कारका लागि आफ्नो व्यक्तिगत रकमबाट रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । 

“आमाबुवाको राम्रो स्याहार गर्ने सन्तानलाई प्रेरणा दिन यस पुरस्कार स्थापना गरिएको हो । कोषको ब्याजबाट आउने रु ५० हजार पुरस्कार दिइनेछ”, उहाँले भन्नुभयो, “जेष्ठ  नागरिकको सम्मान, स्याहार भएन । सन्तान जिम्मेवार नबन्दा धेरैले दुःख पाएका छन् । आमाबुवाप्रतिको जिम्मेवारी बोध गराउन पुरस्कार दिने व्यवस्था गरेका हौँ ।”

वृद्ध सेवा समितिले यसबाहेक ज्येष्ठ नागरिकको हकहित तथा सेवामा समर्पित संस्था वा नागरिक र ज्येष्ठ नागरिकका हितमा कलम चलाउने पत्रकारलाई समेत वर्षेनी पुरस्कारको व्यवस्था गरेको छ । समितिले रु १०÷१० हजार पुरस्कारको व्यवस्था गरेको अध्यक्ष रावलले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकप्रति समाजलाई जिम्मेवार बनाउन ज्येष्ठ नागरिकसम्बन्धी समाचार लेख्ने एक जना पत्रकारलाई पनि पुरस्कार दिने भएका छौँ”, उहाँ भन्नुहुन्छ, “हाम्रो एउटै उद्देश्य ज्येष्ठ नागरिकको हेरचाह होस् भन्ने हो ।” 
    
समाजसेवी कण्ठराज गिरी वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकको हकहितका क्षेत्रमा गरेका कार्य सराहनीय रहेको बताउनुभयो । “हामीले समस्यामा रहेका ज्येष्ठ नागरिकलाई स्याहार्ने वातावरण बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी काम गर्नसक्ने ज्येष्ठ नागरिकलाई आयआर्जनमा लगाउने नयाँ कामको थालनी गर्ने योजनामा छौँ, त्यसका लागि स्थानीय सरकारसँग पहल भइरहेको छ ।”
    
टीकापुर नगरपालिका– १ का वडाध्यक्ष गङ्गाराम आचार्यले नगरपालिकाले ज्येष्ठ नागरिकका क्षेत्रमा हुने कार्यक्रममा वडाले सहकार्य गरिरहेको जानकारी दिनुभयो । “वृद्ध सेवा समितिसँगको सहकार्यमा हामीले वर्षेनी सयौँ ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेका छौँ ”,उहाँले भन्नुभयो,  “समितिले योजना ल्याएमा नगरपालिका कार्यक्रम दिन तयार छ ।