१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल मेडिकल कलेजमा तालाबन्दी



अ+ अ-

शङ्खरापुर । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ ।  

युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र  ताला लागाउन बाध्य भएको जनाएको छ ।

युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएको लिखित  सम्झौताअनुसार कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि आन्दोलन गर्न बाध्य भएका हौँ ।  

महामारीका समयमा रोजगारी खोसिनु राम्रो होइन । 

छिटोभन्दा छिटो उनीहरुको पुनःबहाली गर्नुपर्ने हाम्रो माग  छ ।”