२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धका अहिंसा तथा शान्तिका शिक्षा अहिले पनि उत्तिकै सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री खनाल



file
अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै नेता खनालले बुद्ध दर्शनको गहन अध्ययन गरी त्यसभित्रका सकारात्मक र सान्दर्भिक पक्षलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जीवन र जगतमा हुने परिवर्तन, लैङ्गिक समानता, छुवाछुत तथा उच्च र निचको वर्णवादी सिद्धान्त, सामूहिकताको सिद्धान्तजस्ता नीति र सिद्धान्तले समाजको विकास र रूपान्तरणको प्रक्रियाका निम्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

बौद्ध दर्शनका अध्येतासमेत रहनुभएका नेता खनालले विश्व शान्तिका अग्रदूत तथा महान् दार्शनिक गौतम बुद्धप्रति सम्मान र श्रद्धा अर्पण गर्दै सम्पूर्ण बौद्धजनलाई शान्ति, सद्भाव र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले किरात समुदायको उभौली पर्वको अवसरमा पनि सम्पूर्ण नेपालीलाई सुख शान्ति तथा समृद्धिको शुभकामना प्रकट गर्नुभयो । रासस