१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान सरकारबाट  शिक्षण अस्पताललाई  दुई वटा सुविधासम्पन्न एम्बुलेन्स सहयोग



अ+ अ-

काठमाडौं । पाकिस्तान सरकारले महाराजगञ्जस्थित त्रिभुबन बिश्वबिद्यालय शिक्षण अस्पताललाई  दुई वटा सुविधासम्पन्न एम्बुलेन्स सहयोग स्बरुप उपलब्ध गराएको छ । पाकिस्तानी राजदूत डा मजहर जावेदले शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.रोहित कुमार पोख्रेललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

शिक्षण अस्पतालको ३८ औं वार्षिकोत्सवका अबसरमा पाकिस्तान सरकारले एम्बुलेन्स प्रदान गरेको हो । कार्यक्रममा पाकिस्तानी दूतावासमा कार्यरत कूटनीतिज्ञ र शिक्षण अस्पतालका विभिन्न संकायका प्रमुखहरुको समेत सहभागिता थियो । 

कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा।पोख्रेलले अस्पतालाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेकोमा धन्यवाद दिएका छन् । यी एम्बुलेन्सहरु काठमाडौं र आसपासका क्षेत्रका विरामीको सेवाका लागि प्रयोग हुने उनले बताए ।

पाकिस्तानी दूतावासले प्रदान गरेका एम्बुलेन्स बिरामीको सेवाका लागि मात्रै नभएर दुई देशबीचको राम्रो सम्बन्ध र माया भएको पनि उनको भनाई थियो ।
नेपाली फिजिसियन र सर्जनका लागि पाकिस्तानले दिएको अध्ययनको सुविधाको पनि उनले प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । 

कार्यक्रममा पाकिस्तानी राजदूत डा मजहर जावेदले नेपाल र पाकिस्तानबीच स्वास्थ्य क्षेत्रमा रहँदै आएको सहयोग आदानप्रदानको सराहना गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताए । 

उनले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।