१८ असार २०८३, बिहीबार
,
Latest
शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी किनारमा शव फेला



अ+ अ-

नवलपुर । यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । 

गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । असार ३० गते मङ्गलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ मृतावस्थामा भेटिएका इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए। मङ्गलबार साँझसम्म चालिसेलाई स्थानीयवासीले घुम्दै गरेको अवस्थामा देखेको भए पनि उनको मृत्यु के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले जानकारी दिए । 
    
चालिसेको शवलाई परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको जानकारी दिँदै थापाले परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताए। चालिसेको मृत्यु शङ्कास्पद देखिएकाले आफूहरुले थप अनुसन्धान अगाडि बढाएको थापाले बताए ।