२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल असान्दर्भिकः वर्षमान पुन



photo:rss
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सान्दर्भिक नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद पुनले तीन महिनाअघि नै छलफल गरेर त्यसबाट प्राप्त हुने योजना समावेश गरी बजेट बनाउनुपर्नेमा यस पटकपनि त्यसो हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

अर्थमन्त्री यता सिद्धान्त र प्राथमिकतामा छलफल गराइरहनुभएको छ उता हरेक मन्त्रालयले आफ्ना योजना समावेश गरिसक्यो सांसद पुनको भनाई थियो । उहाँले आगामी बजेट जेनजी पुस्तालाई सम्बोधन र निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनेगरी आउनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक वित्त प्रणालीमा, खर्च गर्ने तरिकामा, योजना छनोट गर्ने तरिका लगायतमा सुधार गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सत्ता पक्षका माननीयहरुलाई झन अप्ठ्यरो छ । प्रतिपक्षलाई पनि अप्ठ्यारै भैरहेको छ । सत्तापक्षका माननीयहरुलाई सत्तापक्ष हो कि प्रतिपक्ष हो छुट्याउन गाह्रो छ । अनि मन्त्रीले दिने जवाफ माननीयहरुले दिइरहनुभएको छ । अर्थ समितिमा हामीले योजना आयोग र अर्थमन्त्रालयलाई पनि बोलाएका थियौं । योजना आयोगले त्यतिखेरै चैत मसान्तसम्म मात्र कार्यक्रमहरु समावेश गर्न सकिन्छ भन्नुभएको थियो । अहिले हामी जेठ १ गते छलफल गर्दैछौं र यो हुन्छ होला भनेर अनुमान गर्दैछौं त्यसैले यो हुँदैन । चैत ३० गतेअघि योजना बैंकमा समावेश नगरिएका योजना हुँदैन त्यसले गर्दा यो छलफल कसरी सान्दर्भिक हुनसक्छ । साढे छ हजार योजना एक महिनाअघि बैंकमा आइसकेका छन् भन्नुभएको छ । तर, अहिले हामी कार्यक्रम समावेश भैसकेपछि सिद्धान्तका कुरा गर्दैछौं । त्यसैले अब तीन महिना अघि नै छलफल गर्नुपर्ने अवस्था हो । तर त्यसो हुनसकेन यो पटक पनि । उता हरेक मन्त्रालयले आफ्ना आयोजना समावेश गरिसक्यो । तर, अर्थमन्त्री यता सिद्धान्त र प्राथमिकतामा छलफल गराइरहनु भएको छ । आजको हामीले सिद्धान्तको कुरा गर्दा निजीकरण बजार अर्थतन्त्रमा गयौं त्यसका विकृतिहरु सच्याउँदै नयाँ चरणको आर्थिक सुधारमा जानु जरुरी छ । जसले जेनजी पुस्तालाईपनि सम्बोधन गर्छ । निजी क्षेत्रपनि प्रतिष्पर्धी हुनुप¥यो त्यस कुरालाई समेटेर बजेट आउनुपर्छ । त्यसमा आधारित भएर नीति तथा कार्यक्रम आउन् । राजश्वमा सोही अनुरुप नीतिहरु बनुन् जसले कोही पार्टी, मन्त्री, प्रशासक नचिनेपनि व्यावसायिक प्रतिस्पर्धा गर्न सकोस् । नयाँ चरणको सुधार गर्नुभन्दा पनि पाँच क्षेत्रमा केन्द्रित गर्नु अहिलेको आवश्यकता हो । एकातिर हाम्रो समग्र अर्थतन्त्रमा सुधार गर्नुपर्ने छ । अर्कोतिर व्यावसायिक वातावरणमा सुधार गर्नुपर्ने छ । साथै सार्वजनिक वित्त प्रणालीमा खर्च गर्ने तरिका, योजना छनोट गर्ने तरिकालगायत टेण्डर प्रक्रिया पनि सुधार गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले नियामक निकायहरुमा समयमै नियुक्ति गरेर वित्तीय क्षेत्र सुधारका लागि प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो ।