२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा जोयले अमेरिकी नागरिकता लिए: रिपोर्ट



अ+ अ-

एजेन्सी । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ ।

उनले वासिङ्टन डिसीमा अमेरिकी नागरिकताको शपथ लिएको र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरेको बङ्गलादेश प्रतिदिनले रिपोर्ट गरेको छ ।

“सजीब वाजेद जोयले वासिङ्टन डिसीस्थित अमेरिकी नागरिकता केन्द्रमा अमेरिकी नागरिकताको शपथ लिए र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरे । प्रमाणपत्र प्राप्त गरेपछि उनले पासपोर्टका लागि पनि आवेदन दिए”, दैनिक बङ्गलादेश प्रतिदिनले भनेको छ, “विभिन्न देशका कुल २२ व्यक्तिले शपथ ग्रहण समारोहमा भाग लिएका थिए । तीमध्ये जोयसहित तीन जना बङ्गलादेशी मूलका थिए।”

अवामी लिगका नेता एवं पूर्व सूचनाराज्यमन्त्री मुहम्मद अली अराफातले भने, “सजीब वाजेद जोयको बङ्गलादेशी पासपोर्ट, जुन यात्रा गर्न प्रयोग गर्थे, युनुसको सरकारले रद्द गरेको थियो । यस परिस्थितिमा उनले अमेरिकी पासपोर्ट प्राप्तगरे ।”

अराफातका अनुसार जोयलाई अमेरिका बाहिर यात्रा गर्न पासपोर्ट चाहिएको थियो । “ग्रिन कार्डले अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैन । जोयलाई अमेरिका बाहिर यात्रा गर्न वा आफ्नी आमालाई भेट्न पासपोर्ट चाहिन्छ । हालको अवस्थामा उनले अमेरिकी पासपोर्ट लिनुपर्ने थियो”, उनलेले भने ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएको थियो । हसिना भारत भागेकी थिईन् ।

यसअघि मे १० मा बङ्गलादेशको अन्तरिम सरकारले देशको सबैभन्दा पुरानो राजनीतिक दल अवामी लिगलाई प्रतिबन्ध लगाएको थियो । राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न यो निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।




भर्खरै