१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ हजार घुस लिएको अभियोगमा नासु पक्राउ



अ+ अ-

सप्तरी । भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले  कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार  कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो । 

ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ  ।

सेवाग्राहीबाट लिएको भनिएको रु १३ हजार सहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।