१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयको उद्धार उडान तालिका सार्वजनिक, कुन-कुन देशबाट गरिदै छ उद्धार



अ+ अ-

काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो । हिमालयको उडान तालिकाअनुरुप जुलाई १५ मा अबुधाबी र यूएई समान एक उडान गर्नेछ भने जुलाई १८ मा पनि सोही गन्तब्यमा एक उडान हुनेछ । जुलाई १६ र २० गते साउदी अरेबियाको रियादमा एक–एक उडान गर्ने हिमालयको तालिका छ । 

त्यस्तै जुलाई १६ मा दमाममा दुई र जुलाई २० मा एक उडान हुने जनाइएको छ । बहराइनको मनामामा जुलाई १७ मा एक उडान गर्ने हिमालयले जुलाई १७, १८ र २० तारिखमा कतारको दोहामा समान एक उडन गर्ने कम्पनीले उल्लेख गरेको छ । मलेसियाको क्वालालम्पुरमा जुलाई १९ तारिखमा दुई उडान हुने र सोही गन्तव्यमा जुलाई २१ मा दुई उडान हुने हिमालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड उडान हुने कम्पनीले जनाएको छ । यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्नुपर्नेछ । यात्रु नेपाल आइसकेपछि सरकारको निर्णयअनुसार अनिवार्य क्वारेन्टिनमा रहनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले नेपालका दुई नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सको जुलाई १५ देखि २२ सम्म सञ्चालन हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरिसकेको छ । यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ । हिमालयको १५ भन्दा बढी चार्टर्ड उडान हुनेछ । 

सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्ने जनाइएको छ ।